केही राजदूत फिर्ता बोलाउने सरकारको तयारी

काठमाडौँ /अघिल्लो सरकारले राजनीतिक नियुक्तिका आधारमा पठाएका राजदूतहरू फिर्ता बोलाउने तयारी सरकारले अघि बढाएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना सहयोगीसँगको छलफलपछि सो प्रक्रिया अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ।

जसअनुसार सरकारले भारतसहित एक दर्जनभन्दा बढी देशका राजदूतहरू फिर्ता बोलाउने तयारी गरेको हो। चीन, अमेरिका, इजरायल, जापानलगायत देशका राजदूतहरू पनि यस सूचीमा पर्ने बताइएको छ।

सम्भवत अब बस्ने मन्त्रिपरिषद् बैठकले यो निर्णय गर्न सक्ने बताइएको छ । हाल १७ देशमा राजनीतिक नियुक्तिका आधारमा राजदूत कार्यरत छन्।