काभ्रेमा नेपाली सेना कल्याणकारी बोर्डद्वारा सहकारी क्षमता अभिवृद्धि तथा अभिमुखीकरण तालिम सम्पन्न

बनेपा / नेपाली सेना कल्याणकारी बोर्ड अन्तर्गत हिताधिकारी कल्याण केन्द्र बागमती प्रदेशले काभ्रेमा असोज २६ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिएको सहकारी क्षमता अभिवृद्धि तथा अभिमुखीकरण तालिम शुक्रबार सम्पन्न भएको छ ।

समापन समारोहमा हिताधिकारी कल्याण केन्द्र बागमती प्रदेशका प्रमुख अ.प्रा. महा सेनानी धिरेन्द्रकुमार थापाले सहभागीहरूलाई तालिममा सिकेका ज्ञान,सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा यस्ता तालिमहरू सञ्चालन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाली सेना कल्याणकारी बोर्डका अ.प्रा. प्रमुख सेनानी प्रशन्नराम जोशी, बोर्डका प्रतिनिधि बलदेव कार्की, नेपाल इन्भेष्टमेण्ट बैंक बनेपा शाखाका प्रमुख मनोज श्रेष्ठ, विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठ, कार्यकारी प्रमुख के.भी. लामा स्याङतान र प्रशिक्षकहरू त्रिलोचन घिमिरे, भीमबहादुर केसी, केशव थापा तथा मित्रप्रसाद दाहालको उपस्थिति थियो ।

तालिममा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति काभ्रेका सभापति तथा फोकल पर्सन राजु सिग्देलसहित २५ जना भूतपूर्व सैनिकहरूको सहभागिता रहेको थियो ।
तालिममा सहकारीको अवधारणा, सिद्धान्त, मूल्य र मान्यता, सञ्चालक समितिको बनावट, लेखा सुपरिवेक्षण, सुशासन, सहकारी ऐन, नियमावली, मापदण्ड तथा नीति, कर, ऋण र वित्तीय व्यवस्थापन लगायत विषयमा नौ जना प्रशिक्षकहरूले प्रशिक्षण प्रदान गरेका थिए ।

 

त्यसैगरी आज नेपाल राष्ट्रिय भुतपूर्व सैनिक संघ जिल्ला कार्यसमितिको वार्षिक साधारणसभा तथा कल्याणकारी निर्देशनालयबाट प्राप्त हुने सेवा सुविधाबारे पालिका तथा वडा तहसम्म सामाजिक सञ्जाल विस्तार गरी हिताधिकारीहरु जानकारी गराउन सहज हुने उद्धेश्यका साथ दिपावलीको शुभकामना आदनप्रदान गरिएका नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ जिल्ला कार्यसमिति काभ्रेका सभापति तथा फोकल पर्सन राजु सिग्देले जानकारी दिए । उक्त कार्यक्रममा काभ्रे जिल्लामा बसोबास गर्ने ५० जना भुपू सैनिकहरुको सहभागिता रहेको थियो ।