नेता कार्यकर्तालाई ओलीले भने–बाहिर जग हसाई नगरौँ, मतभेद भए पार्टीभित्र छलफल गरौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतभेद भए पार्टीभित्र छलफल गर्न आग्रह गरेका छन् । केन्द्रीय कमिटी बैठकमा नेताहरूको प्रश्नको जवाफ दिनेक्रममा उनले मतभेद भए निर्णय गर्ने थलोमा आफ्नो कुरा राख्न आग्रह गरेका छन् ।

आफूलाई नरम भाषामा बोल्नु भन्ने नेताहरूलाई आक्रोश पोखेका छन्।

साथीहरुले नरम भाषा बोल्नुस् भन्नु भएको छ, यसमा चिनी थपिदिनु ? उनले भने, हामीले गरेका कामहरु देखेकै छ, विकास देखेकै छ। त्यसै भएर हमला गरेका होलान्, साथीहरुले मौका पाउनु भएको छ र हमला गर्नु भएको छ, मैले योभन्दा चर्को हमला सुनेको छु । ०७६ मा सहेको छु, ०७८मा पनि सुनेको छु। कहिले मैले आलोचना सहेको छैनर ?

उनले पार्टीका विषयमा पार्टीभित्रै बोल्न पनि आग्रह गरे।

बाहिर जग हसाई नगरौँ, बाहिर जे पनि नबोलौँ ? पार्टीभित्र छलफल गरौँ। फेसबुकमा लेख्ने , ईन्टरभ्यु दिने नगरौँ, मैले हेरिरहेको छु, उनले भने, आलोचनाबाट बाहिर कोही पनि हुन्न ।
हाम्रो पार्टीमा मतभेद छैन। मतभेद नगरौँ, निर्णय गर्ने थलोमा मतभेद होला।