भुम्लु एमालेले गर्यो शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम
भुम्लु/नेकपा एमाले भुम्लु गाउँपालिका कमिटीको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम सम्पन्न भएको छ । बडा दशै, शुभ दिपावली, नेपाल सम्वत ११४६ तथा छठ पर्वको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा एमालेका विभिन्न तहका नेता तथा कार्यकतार्ह र सर्वसाधारणको सहभागिता रहेको थियो । एमाले नेता नेता प्रेम लामा, एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु तथा विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तिहरुको सहभागिता रहेको थियो । सहभागिहरुले नेकपा एमालेले मुलुक निर्माणका क्रममा खेलिरहेको भूमिका र त्यहि क्रममा विभिन्न तत्वहरुले एमाले विरुद्ध गरिरहेका अफवाह चिर्नु पर्ने बताए ।






