काठमाडौ विश्वविद्यालयको आफ्नै ‘एप’, अनुसन्धान र नवप्रवर्तनका लागि सूचना प्रविधि केन्द्र स्थापना
धुलिखेल/काठमाडौ विश्वविद्यालय सूचना प्रविधि केन्द्र स्थापना भएको छ । सूचना प्रविधि केन्द्रसँगै विश्वविद्यालयले मोवाईल एपको सप्ट लन्च ‘केयु कनेक्ट’ पनि संचालनमा ल्याएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्लेले काठमाडौ विश्वद्यिालयले आधिकारिक रुपमा आफ्नै सूचना प्रविधि केन्द्र स्थापना गरेको बताए । ‘सूचना प्रविधि केन्द्र नेपालको अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्व प्रवद्र्धन गर्ने दीर्घकालीन दृष्टिकोण सहित स्थापना गरिएको हो’– प्रा.डा.अच्युत वाग्लेले भने–‘उक्त केन्द्रमा जटिल अनुसन्धानका लागि सुपरकम्प्युटिङ क्लस्टर सञ्चालन गर्न, राष्ट्रिय एआई नीति कार्यान्वयन, स्थानीय डेटा प्रयोग गरेर अनुसन्धान र नैतिक रुपरेखा विकास गर्न र भूकम्प, महामारी, बाढीजस्ता आपतकालीन अवस्थाहरुमा निर्णय सहयोग प्रणाली विकास गर्नेछ ।’

त्यस्तै काठमाडौ विश्वविद्यालयको आधिकारिक मोवाईल एप ‘केयु कनेक्ट’ संचालनमा ल्याएको छ । विद्यार्थीहरुलाई शैक्षिक, प्रशासनिक र क्याम्पस सम्वन्धी जानकारीमा सहज पुहुँच प्रदान गर्ने विश्वविद्यालयले बताएको छ । विश्वविद्यालयको मोवाईल एपमा विद्यार्थी प्रोफाईल ब्यवस्थापन, सूचना र सूचनापत्रहरुमा तुरुन्त पहुँच, विश्वविद्यालयका समाचार, परीक्षा परिणाम र कार्यक्रमहरु, पठनपाठन सम्वन्धी विवरण र कोर्स सूची, शुल्क विवरण र भूक्तानी रेकर्ड, प्रमाणपत्र तथा प्रतिलिपि अनुरोध सेवा लगायतका सेवाहरु उपलब्ध गराएका छन् । उक्त एपले विश्वविद्यालयसँग प्रत्यक्ष एकीकृत भएर कोठा, आरक्षण, श्रोत ब्यवस्थापन र कक्षा तालिका लगायतका विषयमा सहजता ल्याउनेछ ।





