म देश र जनताप्रति बफदार छु : ओली
काठमाडौँ / नेकपा (एमाले) का अध्यक्ष एवं निः वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश र जनताप्रति बफदार रहेको बताएका छन् ।
जेनजी आन्दोलनपछि पहिलो पटक आइतबार काठमाडौँमा सम्पादकहरूसँगको छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष ओलीले देश र जनताप्रतिको निष्ठा आफ्नो मूल्य र मान्यता भएको उल्लेख गर्दै त्यसप्रति मन पर्नु वा नपर्नु व्यक्तिको रोजाइको विषय भएको पनि बताए ।
उनले भने ‘देश अनिश्चयमा गएको छ । मेरो बफादारिता कसैलाई मन परे पनि नपरे पनि यस देश, जनताप्रति मेरो बफादारिता छ । त्यसकारण मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । म पर्नु नपर्नु व्यक्तिगत च्वाइसका कुरा हुन् ।’
अध्यक्ष ओलीले आफू सत्यको पक्षमा लागि परेको र लागि रहने बताए ।






