पानस साकोसमा विजेन्द्र पोटेको नेतृत्व

बनेपा/ पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ वार्षिक साधारणसभा बाट विजेन्द्र पोटेको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ ।
समितिको उपध्यक्षमा पुष्कर रजिंतकार सचिब सुमन बैध, कोषाध्यक्ष श्याम सेवाचार्य र सदस्यहरुमा राजु पहि श्रेष्ठ, राम पोटे हरिगोपाल बैध रहेका छन् । त्यसै गरी लेखा सुपरिबेक्षण समितिको संयोजक रामेश्वर महाजु सदस्यमा अमृत सेवाचार्य र गीता पोटे निर्विरोध निर्वाचित भएका छन् । सधारण सभाको सभापतित्व संस्थाका अध्यक्ष सुशन राजबंशिले गरेका थिए भने सञ्चालन प्रमुख कार्यकारी अधिकृत इश्वर महाजुले गरेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे, संस्थाका संस्थापक अध्यक्ष सुवाष बैध, चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना लगाएतले सहकारीमा बारेमा मन्तब्य राखेका थिए । संस्थाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिबेदन सचिब पुष्कर रजिंतकारले आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुमन बैधले र लेखा प्रतिबेदन संयोजक हरिगोपाल बैधले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कुल शेयर पुजीं १ करोड ६१ लाख, २६ हजार, कुल बचत १३ करोड २१ लाख ५१ हजार, ऋण लगानी १२ करोड २२ लाख २० हजार रहेको जनाएको थिए । सभामा संस्थाको उत्कृष्ट बचत कर्ता, ऋणी सदस्य, बाल बचत कर्ताहरुलाई सम्मान गरिएको थियो । संस्थाले विभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, स्वास्थ्य शिबिर, स्टेश्नरी वितरण, सदस्य राहत कार्यक्रमहरु गर्दे आएको प्रमुख कार्यकारी अधिकृत ईश्वर महाजुले सभमा वताए ।