सिद्धार्थ स्कुल बनेपामा तिहारको उपलक्ष्यमा साँस्कृतिक कार्यक्रम
बनेपा/ सिद्धार्थ स्कुल बनेपाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम विद्यालयका संस्थापक अध्यक्ष ज्ञानबहादुर केसीको सभापतित्वमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल गुन्जप्रसाद लुइँटेलले स्वागत मन्तव्य राख्दै सम्पुर्ण अभिभावक, शिक्षक शिक्षिका, विद्यार्थी र शुभचिन्तकहरुलाई तिहार, न्हुदा भिन्तुना, छठ पर्वको शुभकामना दिएका थिए । लुईटेले विद्यालयले सास्कृतिक परम्परा जोगाउन र विद्यार्थीहरुलाई कार्यक्रमका बारेमा थप जनाकारी दिन उक्त कार्यक्रमको आयोजना गरिएको बताए । विद्यालयले विभिन्न सास्कृतिक कार्यक्रमहरु गर्दे आएको र विर्थीहरुको प्रतिभा समेत प्रस्फुटन गर्न उक्त कार्यक्रमको उदेश्य रहेको बताएका थिए ।

कार्यक्रम विद्यालयका सहायक प्रिन्सिपल सुधिर न्यौपानेले संचालन गरेका थिए भने विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रर्दशन गरेका थिए ।





