कार्तिक ३ गतेदेखि ७ गतेसम्म काभ्रेमा टिपर सञ्चालन गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय काभ्रेले तिहार अवधिभर टिपर सञ्चालनमा रोक लगाएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले भोलि कार्तिक ३ गते विहान ५ बजेदेखि कार्तिक ७ गते विहान ७ बजेसम्म जिल्लाभर टिपर सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो ।

विपी राजमार्ग, अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र त्यसबाट सिर्जित हुन सक्ने सम्भावित दुर्घटनाहरूलाई न्यूनीकरण गर्न र आम नागरिकको आवागमनलाई सहज बनाउनका लागि टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय द्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त अवधिमा टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने कार्यालयले जनाएको छ । अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारी साधनहरूलाई भने यो नियम लागू हुने छैन ।