गोल्डेन सिद्धार्थ स्काउट ट्रुपको प्रथम दिक्षान्त समारोह सम्पन्न

धुलिखेल/नेपाल स्काउट, गोल्डेन सिद्धार्थ ऐकेडमी अन्तर्गतको गोल्डेन सिद्धार्थ स्काउट ट्रुपको प्रथम दिक्षान्त समारोह विद्यालय परिसरमा आयोजना गरिएको छ । विद्यालयका प्रिन्सिपल भरतबहादुर के सीको सभापतित्वमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रिय प्रमुख आयुक्त महेन्द्रराज रञ्जितको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहायक राष्ट्रिय प्रशिक्षक विश्व श्रेष्ठ, सहायक राष्ट्रिय प्रशिक्षकहरु रमिता खुसु, कृष्ण सुन्दर दुवाल, स्काउटर निकेश दुवाल, निकेश चिकंबञ्जार, रबि दुवाल लगायतको आतिथ्यता रहेको थियो । समारोहमा ३२ छात्रा र २८ छात्र स्काउट गरी ६० जना दिक्षित भएका थिए ।

समारोहमा प्रमुख अतिथी महेन्द्रराज रञ्जितले स्काउट प्रमाण पत्र वितरण गरेका थिए भने विद्यालयका प्रिन्सिपल भरतबहादुर केसीले स्कार्फ वितरण गरेका थिए । स्काउट ब्याज स्काउटर रमेश सितिखुले वितरण गरेका थिए ।

स्काउटिङ्ग शिक्षालाई ब्यवहारिक रूपमा लागु गर्दै जाने हो भने सभ्य समाज निर्माण र रूपान्तरणमा महत्वपुर्ण भुमिका रहने बताउँदै अनिर्वाय स्काउटिङ्ग शिक्षालाई जोड दिनु पर्ने प्रमुख अतिथी महेन्द्रराज रञ्जितले बताए ।

स्काउटर रमेश सितिखुद्वारा स्वागत मतब्य राखिएको उक्त समारहोमा इकाई अध्यक्ष तथा विद्यालयका प्रिन्सिपल भरतबहादुर केसीले धन्यवाद सहित स्काउट दिक्षान्त समारोह समान गरेका थिए ।


कार्यक्रममा पायोनियर ओपन स्काउट ग्रुप भक्तपुरद्वारा स्कुलकै प्राङ्गणमा संचालित दुई रात तीन दिन सम्म संचालित ११ औं कार्यशाला क्याम्प २०८२ मा सभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । ’