तिहारमा यसरी पकाउनुहोस् रोटीका परिकार
काठमाडौं / तिहार भन्ने बित्तिकै उज्यालो, फूल, रोटी र मिठाईको पर्व भन्ने बुझिन्छ । दिदीबहिनीले भाई टीकामा सेल रोटीसँगै विभिन्न किसिमका परिकार बनाउने गरेका छन् । तिहारमा मिष्ठान भोजन तयार कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा केही परिकारका टिप्स्हरू यहाँ प्रस्तुत गरिएको छ ।
सेल रोटी
सेलरोटी बनाउनका लागि आवश्यक सामग्रीमा मसिनो गरी पिसेको चामलको पिठो १ किलो, खस्रो चामलको पिठो २ पाउ, मैदा २ पाउ, चिनी २ पाउ, अलैंची पिसेको २० ग्राम, घिउ आवश्यकता अनुसार राख्न सक्नुहुने छ । तिहारमा यसरी पकाउनुहोस् रोटीका परिकार
कसरी पकाउने ?
एउटा गहिरो भाँडामा आवश्यकता अनुसार घिउ राखेर फिट्ने, घिउ फिटेर सेतो भएपछि थोरै–थोरै गरेर चामलको पिठोलाई पनि उक्त घिउमा मोल्ने । त्यसपछि मैदा, चिनी तथा अलैंचीको धूलो मिसाउने र त्यसमा आवश्यकता अनुसार पानी हालेर मुछ्ने । त्यसलाई आधा घन्टाजति त्यत्तिकै छाड्ने । सेल पकाउने तावामा सेल डुब्ने गरी घिउ वा तेल तताउने । तातेपछि एक डाडुजति मुछेको पिठो हात, सोली वा अन्य सामग्रीको साहयताले तातेको तेल वा घिउमा हाल्ने र त्यसलाई सेलको आकार दिन सकिन्छ । दुवै साइडमा पल्टाई–पल्टाई पकाएर खैरो भएपछि निकाल्ने ।
चिनी रोटी
चिनी रोटी बनाउनका लागि आवश्यक सामग्रीमा मसिनो गरी पिसेको चामलको ४ कप पिठो, चिनी चार कप र तेल आवश्यकता अनुसार राख्न सक्नुहुन्छ । तिहारमा यसरी पकाउनुहोस् रोटीका परिकार
कसरी पकाउने ?
चार कप चामललाई अघिल्लो दिन बेलुका नै भिजाएर राख्ने र भोलिपल्ट विहान झिकेर करिब १ घण्टा जति सुख्खा कपडामा राखेर सुकाउने । त्यसलाई मसिनो गरेर पिसेर पिठो बनाएर जालिले छानेर मसिनो पिठो छुट्याउने । उक्त मसिनो पिठोलाई चिनी र आवश्यकता अनुसार पानी मिसाएर मुछ्नु पर्छ । मुछेको पिठोलाई सानो–सानो डल्ला बनाएर प्लास्टिक वा केराको पातमा विस्तारै गोलाकारमा बन्ने गरेर हातका औंलाले पातलोसँग मिलाउनु पर्छ । जसका लागि हात, प्लास्टिक वा केराको पातमा पिठो नलाग्योस् भनेर तेल दल्नु पर्छ । गोलो बनाइएको रोटीको एकसाइड माथि हल्का चिनी छकेर तताएको तेलमा चिनी छर्केको भाग माथि पारेर खैरो हुन्जेल चिनी रोटीलाई पकाउनु पर्छ ।
फिनी रोटी
फिनी राटी बनाउन आवश्यक साढे एक कफ चामलको पिठो, एक किलो मैदा, चिनी स्वाद अनुसार, तेल र घिउ आवश्यकता अनुसार राख्न सक्नुहुने छ ।
कसरी पकाउने ?
सबैभन्दा पहिले फिनी रोटी पकाउनको लागि मैदाको पिठोलाई पानीमा मिसेर १ घन्टा छोपेर राख्नु पर्छ । यता रातभरी पानीमा भिजाएको चामललाई सुकाएर पिनेर त्यसलाई धुलो बनाउनु पर्छ । घिउलाई आवश्यकता अनुसार एक भाडामा राखेर त्यसलाई घोल्नु पर्दछ । घोलेपछि घिउको रङ सेतो हुन्छ । त्यो सेतो घिउमा धुलो बनाएको चामलको पिठोलाई मज्जाले फिटेको घिउमा मुच्छनु पर्छ । त्यसपछि मैदाको पिठोलाई पानी राखेर मुच्छनु पर्दछ ।
उक्त मुछेको पिठोलाई ठिक्कको डल्ला बनाएर तेल लाएर ठूलो बनाएर चारपाटे आकारमा बेल्ने । बेलिसकेको पिठोमाथि घिउमा मिसाएको चामलको पिठोको लेपलाई सबै तिर लाग्ने गरेर दल्नु पर्छ । लेप लागिसकेपछि मैदालाई गोलो गरेर बेर्ने र त्यसलाई दुई इन्चमा फरमा काट्ने । काटेर राखेको मैदाको पिठोलाई तेल लाएर चारपाटा आकार अनुसार बेल्ने । त्यसलाई तातेको तेलमा बेलेको रोटी राख्ने जसलाई दुई देखि तीन मिनेटसम्म पकाएपछि रोटी तयार हुन्छ ।
रसवरी
आवश्यक सामग्री
१ लिटर दूध
आधा किलो चिनी
३ वटा कागती
रसवरी बनाउने विधि
दूधलाई धेरै बेरसम्म पकाउने । पकाईसकेको दूधमा कागती राखेर त्यसलाई फटाउने ।
फाटेको दूधलाई सफा पातलो कपडामा राखेर पखाल्ने र त्यसलाई छानेर ५/६ घण्टा त्यतिकै राख्ने । फाटेको दूधमा थोरै मात्रामा मैदा राखेर राम्रोसँग मुछ्ने र सानो–सानो डल्ला बनाउने । चिनीपानीमा २/३ वटा सुकमेल राखेर धेरै बेरसम्म पकाउने । मैदा र फाटेको दूध मुछेर बनाएको डल्लालाई पाक्दै गरेको चिनीपानीको चास्नीमा १०/२० मिनेटसम्म उमाल्ने, सेलाएपछि रसबरी खान सकिन्छ ।
गुलाब जामुन
आवश्यक सामग्री
चिनी आधा किलो
एक लिटर पानी
एक प्याकेट गुलाब जामुन बनाउन प्रयोग हुने पाउडर
३ सय ग्राम घ्यु
दूध
गुलाब जामुन बनाउने विधि
चिनी आधा किलो र एक लिटर पानी मिसाएर पकाएको चास्नी बनाउने । त्यसपछि एक प्याकेट गुलाब जामुन बनाउन प्रयोग हुने पाउडरलाई आवश्यकताअनुसार दूध राखेर मुछ्ने । मुछेको पेस्टलाई चिसो कपडाले १५ मिनेट जति ढाकेर राख्ने । मुछेको पेस्टलाई रुचीअनुसारका डल्ला बनाएर घ्युमा रातो हुने गरी फाई गर्ने । फाई गरिसकेपछि त्यसलाई चास्नीमा राख्ने ।
आवश्यक सामग्री
दुई कचौरा दूध
डेढ कचौर बदाम
पाँच सय ग्राम चिनी
चार ठूलो चम्मा घ्यु
एक ठूलो चम्चा अलौंची
बदामको बर्फी बनाउने विधि
सबैभन्दा पहिले छोडाएको बदामलाई ४/५ घण्टा जति भिजाउने । भिजेको बदामको बाहिरको खैरो बोक्रालाई फालेर त्यसलाई मसिनो गरी पिस्ने । पिसेको बदाममा दूध र चिनी मिसाउने । त्यसलाई ननस्टिक प्यानमा मन्द तापमा पकाउन । चिनी घुलेपछि त्यसमा घ्यु हालिदिने । मिश्रण गाढा भएपछि त्यसको गोला बनाउने । त्यसमा अलैंची पाउडर मिसाएर घ्यु दलेको थालमा जमाएर चिसो भएपछि आवश्यकताअनुसाको साइजमा काट्ने ।
आवश्यक सामग्री
दुई लिटर दूध
एक किलो चिनी
दुई सय ५० ग्राम पनिर
थोरै केशर
५० ग्राम पेस्ता ५० ग्राम पातलो पारी काटिएको बदाम
रसमलाई बनाउने विधी
पनिरलाई राम्रोसँग मिचेर धुलो बनाउने । यसमा दुई चम्चा मैदा मिसाएर सानो गोला बनाउने । दुई सय ५० ग्राम चिनीमा आधा लिटर पानी हालेर त्यसको चास्नी बनाउने । उक्त त्यो चास्नीमा गोलालाई राखेर ६ देखि ८ मिनेटसम्म पकाउने । दूधलाई बाक्लो बनाई उमालेर त्यसमा चिनी र केशर मिसाउने । चिनी राम्रोसँग घुलेपछि त्यसलाई चिसो बनाउने । चास्नीमा राखिएको गोलालाई त्यही दूधमा हालिदिने । अन्त्यमा बदाम र पेस्ताले सजाउने ।








