सिउरानी खोलामा ‘पाहा’ मारे पछि सन्देशको नजर नाबालिका माथी
धुलिखेल/महाभारत गाउँपालिका वडा नम्वर ८ स्थित १९ बर्षिय सन्देश वाइवा तामाङले अपाङ्गता भएकी १६ बर्षिया नाबालिकालाई करणी गरेका छन् । करणी गर्ने युवक घटनास्थलबाटै पक्राउ परेका थिए । जिल्ला अदालत काभ्रेपलाञ्चोकले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
२०८२ असोज ७ गते विहान सन्देश सिउरानी खोलामा ‘पाहा’ मार्न पुगेका थिए । ‘पाहा’ मारेर फर्किएका सन्देशले १६ बर्षिया अपाङ्गता भएका नाबालिकालाई घरमा एक्लै फेला पारे । यहि हो मौका भन्ने सोचले उनले जर्बजस्ति करणी गरे । त्यति नै बेला बालिकाका आफन्तले फेला पारे पछि सन्देश भागे । स्थानीयले उनलाई तत्कालै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । बालिकाका अभिभावक बारीमा आफ्नै काममा ब्यस्त थिए । त्यहि बेला सन्देशले मौका छोपेका थिए ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा दश वर्ष भन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद हुने उल्लेख छ । सहायक जिल्ला न्यायाधिवक्ता निष्ठा कर्माचार्यले अभियुक्तलाई हुनु पर्ने सजायँ र पीडितलाई क्षतिपुर्ति सहितको अभियोग २०८२ असोज ३० गते जिल्ला अदालतमा दायर गरेकी थिईन् । सोहि अभियोगका आधारमा सन्देश पुर्पक्षका लागि कारागार चलान भएका छन् ।






