नेपाल तुर्कमेनिस्तानसँग पराजित
काठमाडौं / बंगलादेशमा बुधबार (कात्तिक ५)देखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो ।
तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेटमा २५–२२ ले हराएको थियो । नेपाल दोस्रोमा २५–१८ र तेस्रो सेटमा २७–२५ ले पराजित भएको हो ।

अब नेपालले बिहीबार (कात्तिक ६) घरेलु टोली बंगलादेशसँग आफ्नो दोस्रो खेल खेल्नेछ । रासस





