दिदीबहिनी  एवं दाजुभाइ नहुनेले बालगोपालेश्वरमा लगाए भाइटीका

by | कार्तिक ६, २०८२

दिदीबहिनी एवं दाजुभाइ नहुनेले बालगोपालेश्वरमा लगाए भाइटीका

काठमाडौं / यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका लगाएर मनाइँदै छ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदै छ । 

यसैबीच, दिदीबहिनी नहुनेले काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा पुगेर भाइटीका लगाएका छन् । 
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । यो मन्दिर आजको दिन मात्रै खुला रहन्छ ।