काभा पुरुष भलिबल : आज माल्दिभ्ससँग खेल्दै नेपाल

by | कार्तिक ७, २०८२

काभा पुरुष भलिबल : आज माल्दिभ्ससँग खेल्दै नेपाल

काठमाडौं / काभा पुरुष कप भलिबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र माल्दिभ्सको खेल शुक्रबार दिउँसो साढे ३ बजे सुरु हुँदैछ।

बंगलादेशमा जारी प्रतियोगितामा मध्ये एसियाका ६ राष्ट्र सहभागी छन्। आजै अफगानिस्तान र तुर्कमेनिस्तान दिउँसो १ बजे प्रतिस्पर्धा गर्नेछन् भने बंगलादेश र श्रीलंकाको खेल साढे ५ बजे सुरु हुनेछ।

यसअघि बिहीबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३-२ ले पराजित भएको थियो। प्रतियोगितामा नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ।