आत्मदाह प्रयास गरेकी गायिका पौडेलको मृत्यु
काठमाडौँ / गायिका नितु पौडेलको मृत्यु भएको छ ।
आज बिहान साढे ८ बजे कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार यस घटनामा यसअघि नै गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो । अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका छन् ।
प्रहरीले उनीविरुद्ध भने कुनै जाहेरी नआएको बताएको छ ।






