त्रिपाल टाँगेर सञ्चालनमा ल्याइयो एमाले केन्द्रीय कार्यालय

by | कार्तिक ८, २०८२

त्रिपाल टाँगेर सञ्चालनमा ल्याइयो एमाले केन्द्रीय कार्यालय

नेकपा एमालेको केन्द्रीय कार्यालय त्रिपाल टाँगेर सञ्चालनमा ल्याइएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त कार्यालय शनिबारदेखि त्रिपाल टाँगेर सञ्चालन गरिएको हो।

केन्द्रीय सदस्य विष्णु रिजालले केन्द्रीय कार्यालयको कामकारबाही त्रिपाल टाँगेरै भए पनि सुरु गरिएको जानकारी दिएका छन्।

पालमुनि हामी। नेकपा (एमाले)को केन्द्रीय कार्यालय सुचारू भएको छ, उनले आफ्नो फेसबुकमार्फत भनेका छन्।

चमेना गृहको अगाडि भागमा त्रिपाल टाँगिएको छ। यहीँबाट अब कार्यालयको नियमित कामकारबाही सञ्चालन हुने उनको भनाइ छ। उनका अनुसार आइतबारदेखि चमेना गृह पनि सञ्चालनमा आउनेछ।

जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको पार्टी कार्यालयको मर्मतको काम पनि सुरु भएको एमालेले जनाएको छ।