प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै - चार नयाँ मन्त्री आजै शपथ ग्रहणमा

काठमाडौं/ प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै चार जना नयाँ मन्त्रीलाई समावेश गर्ने तयारी गरेकी छिन्। प्रधानमन्त्रीको सिफारिसमा उनीहरूलाई राष्ट्रपति कार्यालयमार्फत नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको छ।

नयाँ मन्त्रीहरूको नाम टुंगो लागेको स्रोतले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सुधा गौतमलाई दिइने भएको छ भने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गणपति लाल श्रेष्ठको जिम्मामा पुग्नेछ। त्यस्तै खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रीका रूपमा सरकारमा प्रवेश गर्ने भएका छन्।

प्रधानमन्त्री कार्कीले चारै जनाको नाम राष्ट्रपति कार्यालयमा पठाइसकेकी छन्। राष्ट्रपति कार्यालयले आजै शपथ ग्रहणको समय सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, नयाँ मन्त्रीहरूको शपथग्रहण समारोह आजै सम्पन्न हुने छ।