जाँचबुझ आयोगका अध्यक्षविरुद्ध सर्वोच्चमा रिट
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना छानबिनका लागि सरकारले गठन गरेको जाँचबुझ आयोगका अध्यक्षसहित सदस्यविरुद्ध रिट दायर भएको छ।
निष्पक्षताको माग गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध अधिवक्ता विपिन ढकालले रिट दायर गरेका हुन्।
रिटमा आयोगका पदाधिकारीलाई कामकारबाही गर्न रोक लगाउनुपर्ने माग गरिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
रिटमा अध्यक्ष कार्की र शर्माले यसअघि सार्वजनिक गरेको धारणाका आधारमा उक्त समितिमा बस्नै नमिल्ने दाबी गरिएको छ। रिट पेस भए पनि दर्ता भने भएको छैन।






