काभ्रेका सिडिओ उमेशकुमार ढकाल भक्तपुर सरुवा, काभ्रेमा गोपाल कुमार अधिकारी

by | कार्तिक ९, २०८२

काभ्रेका सिडिओ उमेशकुमार ढकाल भक्तपुर सरुवा, काभ्रेमा गोपाल कुमार अधिकारी

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको सरुवा भएको छ । गृह मन्त्रालयले काभ्रेका प्रमुख जिल्ला अधिकारी सहित ३६ जना सहसचिवको सरुवा गरेको हो। ढकाल भक्तपुरमा सरुवा भएका छन् । काभ्रेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गोपाल कुमार अधिकारीलाई दिइएको छ । यसअघि उनी झापाको सिडिओ थिए ।

यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारीमा प्रेमप्रसाद भट्टराई सरुवा भएका छन्। यसअघि उनी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक थिए। ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई विभागको जिम्मेवारी दिइएको छ।

भक्तपुरका सीडीओ नमराज घिमिरे राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभामा सरुवा भएका छन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डे लमजुङ, कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल नवलपरासी, नवलपरासीका हिरालाल रेग्मी कैलाली सरुवा भएका छन्।

यस्तै महोत्तरीका सीडीओ नारायणप्रसाद रिसाल दोलखा, दोलखाका भोला दाहाल पर्सा, पर्साका सीडीओ तोयानारायण सुवेदी अर्घाखाँची र उदयपुरका प्रेमप्रसाद लुईँटेललाई धनुषामा सरुवा गरिएको छ।