थप उपचारका लागि देउवा दम्पती आज सिंगापुर जाँदै

by | कार्तिक १०, २०८२

थप उपचारका लागि देउवा दम्पती आज सिंगापुर जाँदै

काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको सभापति निकट एक शीर्ष नेताले जानकारी दिएका छन् ।

भदौ २४ गते जेनजी आन्दोलनको दोस्रोदिन  बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएको थिए । 

जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए भने थप उपचारका लागि उनि आज सिंगापुर जान लागेको छन् ।