पूर्वप्रधानमन्त्री झलनाथ खनाल पार्टी बैठकका लागि स्वदेश फर्कदै

काठमाडौं/ पत्नी रवीलक्ष्मी चित्रकारको उपचारका लागि भारतमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज स्वदेश फर्कंदैछन् ।

उपचार जारी रहेपनि खनाल पार्टी बैठकका लागि स्वदेश फर्कन लागेका हुन् । खनाल निकट स्रोतका अनुसार उनी साँझ ६ बजे काठमाडौं आउँदैछन् ।

नेकपा एकीकृत समाजवादीभित्र मतभेद बढ्दै गएपछि खनाल बैठकमा सहभागी हुन आज काठमाडौं आउन लागेको नेताहरुले बताएका छन् । केही समयअघि दिल्लीबाटै खनालले वक्तव्य जारी गर्दै पार्टी एकता प्रक्रियालाई बेमौसमी बाजा भनेका थिए । तर माओवादी केन्द्रसँग एकता प्रक्रिया अगाडि बढेपछि खनाल आफैं बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका हुन् । यो समाचारको शिर्षक लेखिदिनुन