फरार कैदीबन्दी खोजी तथा पक्राउ कार्यदल प्रभावकारी बनाउन निर्देशन

काभ्रेमा १ सय भन्दा धेरै कैदीबन्दी र प्रहरी चौकीबाट हतियार सहितका सामग्री लुट्ने कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन । 
धुलिखेल/ देशभरबाट भागेका १५ हजार भन्दा धेरै कैदीबन्दीहरु मध्ये ५ हजार अझै फरार छन् । काभ्रेपलाञ्चोक जिल्ला ठेगाना भएका करिव एक सय छन् । खुलमखुला उनिहरु समुदायमा हिडिरहेका छन् । अझै प्रहरी चौकीहरुबाट लुटिएका पोशाक, हातहतियार र गोलिगठ्ठा लुटिएका छन् । ति ब्यक्तिहरु अझै बाहिर छन् । प्रहरीले खोजतलास समेत गरेको छैन । 
गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला भित्रका निर्माणाधीन विकास आयोजनाहरू (राष्ट्रिय गौरवका आयोजनाहरू, प्राथमिकता प्राप्त राष्ट्रिय आयोजनाहरू, प्रादेशिक वा स्थानीयस्तरका आयोजनाहरू) को निर्माण कार्यमा कुनै समस्या वा अवरोध देखापरेमा आवश्यक समन्वय र सहजीकरण गर्न, जेनजी (न्भल–श्) युवाहरूको अगुवाईमा भएको आन्दोलनक्रममा फरार कैदीबन्दी फिर्ता ल्याउने सम्बन्धमा गृह मन्त्रालयको निर्णय अनुसार गठित फरार बन्दी खोजी तथा पक्राउ कार्यदललाई प्रभावकारी बनाई कार्यसम्पादन गर्न, कारागार कार्यालयहरूको मासिकरूपमा नियमित अनुगमन गरी कारागारको सुरक्षा प्रबन्ध, आन्तरिक नियन्त्रण एवम कैदीबन्दीहरूको मानवोचित व्यवस्था र न्यूनतम मानव अधिकारको सुनिश्चितता गर्ने, गराउने, कारागारहरूलाई सुधार गृहको रुपमा विकास गर्न कैदी बन्दीहरूको सीप विकास र विद्यमान सीपको प्रयोग गरेर कारागारभित्र उद्योग सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने तथा प्रदेश सरकारसँग समेत आवश्यक समन्वय गर्न निर्देशन दिएको छ । 
जिल्ला विपद् व्यवस्थापन समितिलाई क्रियाशील बनाई विपद् व्यवस्थापन समितिको बैठक नियमित रुपमा आयोजना गर्ने र विपद्का कारणले नागरिकले ज्यान गुमाउन नपर्ने अवस्था सृजना गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई भरपर्दो र सुरक्षित तुल्याउने, बढ्दो सवारी दुर्घटनाका सन्दर्भमा यातायात सुरक्षा सम्बन्धी प्रचलित कानूनका साथै मन्त्रालयको यस अघिको परिपत्र समेतलाई दृष्टिगत गरी यातायात सुरक्षासँग सरोकार राख्ने संघ, प्रदेश र स्थानीय तहका निकाय एवम् यातायात व्यवसायीसँग समन्वय गरी सवारी दुर्घटना नियन्त्रणका लागि ठोस पहल गर्न, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने, सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायहरूको सहभागितामा सडक सुरक्षाका लागि कार्यक्रमहरू सञ्चालन गन, सडक अनुशासन पालना गराउन सडकमा गुड्ने सवारीका सवारी चालक र पैदल यात्रुहरूलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, गराउन निर्देशन दिईएको छ ।