छठ पर्वमा प्रधानमन्त्री कार्कीले अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको कमलपोखरीमा पुगेर छठ पर्वको पूजाआजामा सहभागिता जनाएकी छन्। उनले पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेकी हुन्।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्येश्वरीमा पुगेर सूर्य र छठी माताको पूजा–आराधना गर्दै अर्घ्यदान गरेका थिए।
छठ पर्वको अवसरमा काठमाडौंका विभिन्न पोखरी तथा नदी किनारका छठ घाटहरू भव्य रूपमा सजिएका छन्। हरेक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत उपत्यकाका प्रमुख घाटहरूमा विशेष भीड लाग्ने गर्छ।






