किष्ट अस्पताल र आफन्तबीच सहमति
काठमाडौं / ललितपुरको इमाडोलस्थित किष्ट अस्पताल र आफन्तबीच सहमति भएको छ । यही कात्तिक ७ गते उपचारका क्रममा एक गर्भवती महिलाको मृत्यु भएको थियो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ की ३४ वर्षीया मिनाश्री राईको सुत्केरीपश्चात मृत्यु भएको थियो । अस्पतालको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले सोमबार तोडफोड र ढुंगामुढा गरेका थिए ।
घटनापछि जिल्ला प्रशासन कार्यालय ललितपुरमा सुरक्षा निकाय, अस्पताल र मृतक परिवारबीच छलफल भएको थियो । छलफलपछि मृत्यु भएकी महिलाको सन्तानको पालनपोषण र शिक्षाको जिम्मा अस्पतालले लिने सहमति भएको छ । सहमतिपछि मृतकका आफन्तले आन्दोलन नगर्ने र शव बुझ्ने भएका हुन् ।






