सहयात्राको १८ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा हरिचन्द्र श्रेष्ठ
पनौती / सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचनबाट हरिचन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा नारायणदेवी श्रेष्ठ, सचिब प्रविण दाहाल, कोषाध्यक्ष विकु नारायण प्रजापती सदस्यहरुमा कृष्ण बहादुर श्रेष्ठ, भिषणराज भट्टराई, सुरेश सैजू, बालकृष्ण नापीत र किसन बहादुर बस्नेत रहेका छन् । त्यसै गरी लेखा तथा सुपरिबेक्षण समितिको संयोजकमा हिरादेवी श्रेष्ठ सदस्यहरुमा श्याम कृष्ण श्रेष्ठ र धिरज कुमार काफ्ले निर्वाचित भएका छन् ।
साधारण सभाको उद्धघाटन संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेले गरेका थिए भने सञ्चालन सचिव हरिशंकर तिमल्सिनाले गरेका थिए । संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेले विगतका वर्षमा संस्थाले गरेका उपलब्धि, सामना गर्नुपरेका चुनौतीहरु, सदस्यहरूको निरन्तर विश्वासप्रति धन्यवाद ज्ञापन गरेका थिए । न्यौपानेले संस्थाको निरन्तर प्रगति, पारदर्शिता र दिगोपनाका लागि नयाँ नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
सभामा आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन सभा समक्ष प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदनमा सहकारीको आर्थिक अवस्था सन्तुलित रहेको र वित्तीय अनुशासन सुदृढ रहेको प्रतिवेदनमा उलल्ेख छ । डिजिटल व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउने तथा आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत पार्ने सुझाव सहितको प्रतिवेदन सभाबाट पारित गरिएको थियो ।
संस्थाका प्रमुख व्यवस्थापक गौतम प्रजापतिले संस्थाको सञ्चालन, सेवा विस्तार, सदस्य सन्तुष्टि र आगामी वर्षका योजनाबारे जानकारी गराएका थिए । संस्थाका सचिव हरिशंकर तिमल्सिनाले संस्थाको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष आनन्द सापकोटा, आर्थिक प्रतिबेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक नरहरि भण्डारीले लेखा परीक्षण प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए भने कार्यक्रममा वार्षिक साधारण सभा कार्यक्रममा विभिन्न पदाधिकारीहरूले मन्तव्य राखेका थिए ।






