केपी ओलीसहितको राहदानी रोक्का र स्थान हदविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओेली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकिनु गलत भएको भन्दै सर्वोच्चमा रिट निवेदन पेश भएको छ।
५ जनालाई यात्रामा उपत्यका बाहिर जान रोक लगाउनेदेखि पासपोर्ट रोक्कासम्म गर्ने निर्णय गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट पेस भएको हो।
अधिवक्ता प्रेमराज सिलवालले ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान आयोगका प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको राहदानी रोक्का र स्थान हद तोकेकोविरुद्ध रिट अदालतमा पेस गरेका हुन् । रिट दर्ताको विषयमा अध्ययन गरिरहेको सर्वोच्च प्रशासनले जनाएको छ ।






