काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब धरौटी र राजश्व बैकिङ्ग प्रणाली मार्फत

धुलिखेल÷जिल्ला अदालत काभ्रेपलाञ्चोकले सेवाग्राहीहरुको सहजता सँगै पारदर्शिताका लागि बैकिङ्ग प्रणाली मार्फत राजश्व, धरौटी तथा आर्थिक कारोवार सम्वन्धी गतिविधि संचालन गर्ने निर्णय गरेको छ ।
श्रेस्तेदार उप सचिव इन्दिरा कार्की गेलालले राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय धुलिखेल मार्फत जिल्ला अदालतका लागि मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा रहेको एक्सटेन्सन काउन्टरबाट राजश्व संकलन गर्ने ब्यवस्था मिलाउने निर्णय भएको बताईन् । ‘पहिलो चरणमा धरौटी लगायतका केहि सेवा बैक मार्फत सूचारु हुनेछन’–श्रेस्तेदार गेलालले भनिन–‘आईतबार देखी विहिबार सम्म विहान १० बजे देखि अपरान्ह ३ बजेसम्म र शुक्रबार विहान १० बजे देखि अपरान्ह १ बजेसम्म बैकको एक्सटेन्सन काउन्टरको समय मिलाईएको छ ।’
बैकले जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई आवश्यक ब्यवस्थापन मिलाउन २०८२ असोज २९ गते पत्र पठाएको छ । अदालतमा जम्मा हुने धरौटी फिर्ताका क्रममा सेवाग्राहीले सहज रुपमा पाउन नसकेको, सेवाग्राहीको खातामा जम्मा हुनु पर्ने धरौटी अन्यत्र गएको जस्ता गुनासा आए पछि अदालतलले धरौटी लगायतका राजश्व सेवाहरु बैकिङ्ग प्रणाली मार्फत सूचारु गर्न लागेको हो ।