विपद जोखिम न्यूनीकरण र विपद व्यवस्थापनमा डिभिजन वन कार्यालय काभ्रेको निष्कर्ष
बिपद र क्षतिका कारकहरु
क) प्राबिधिक आयामबाट
– पुल निर्माण गर्दा Return Period र Hydrology को पर्याप्त तथ्याङ्कको बिश्लेषण गरेर गरिएन । यसले गर्दा पुलको माथीबाट बाढी पसी पुल भत्किएको देखियो ।
– ग्रामिण सडक निर्माण गर्दा भिरालो जमिनमा Cutting, Filling गरिएको ठाउ‘मा आवश्यक संरचना (Breast wall, Retaining wall), पानीको निकास, वातावरण मैत्री वायो इन्जिनियरिङ्ग (Bio-engineering) बनेको नदेखिएको ।
– ग्रामिण सडकहरु भिरालो स्थानमा निर्माण गर्दा पनि आवश्यकता भन्दा बाहिर दुई लेनको बनाउने कार्यले बढी कटान गर्नु परेको (रोशी गाउपालिका) ।
– ग्रामीण सडक निर्माण गर्दा कतिपय स्थानमा पुराना पहिरोहरु परेको र सडक त्यही ठाउ‘बाट खन्दा पहिरो रोकथामको ब्यबस्था नगरिएको ।
– माटो परिक्षण (Soil test) नगरी घरका जग हालेको र खोलाको छेउमा भएका घरहरुको जग Scour depth भन्दा माथि भएकोले पक्की घरहरु खोलामा ढलेको ।
– खोलाको Slope gradient बढी भएको ।
– पातलो माटोको पत्र भएको भिरालो स्थानमा ठूला प्रजातिका रुख रोपण/विकास ।
-Mechanization & repeated excavation on Agriculture Land ।
ख) वातावरणीय आयामबाट
– ग्रामीण सडक तथा अन्य संरचनाको निर्माण गर्दा वातावरणीय अध्ययन नहुनु, भएकाहरुको पनि प्रभावकारी कार्यावयन नहुन ।
– जलवायू परिवर्तन पानी ठूलो र निरन्तर पर्नु (खोपासी: etrological Station को तथ्याङ्क अनुसार मिति २०८१/६/१०, ११ र १२ गतेको वर्षाको रेकर्ड क्रमशः ४३२ मी.मी, ३१३ मी. मी.र २२४ मी.मी. देखिएको)
– वर्षान्तमा अत्याधिक वर्षाको कारणले जमिनको सतहको माटो प्राकृतिक खोल्सीहुँदै खोलामा पुगेको र खोलामा रहेका ढुङ्गा, गिट्टी, माटो, वालुवा (क्रसरले छाडेको, बाटो खन्दा र जमिन सम्याउ‘दाको) बग्दा खोलाको सतहसंग घर्षण भई भिरालोपना कम भएको ठाउँमा थुपारेको । यसले खोलाको सतह बढाएको र Overflow भइ खेत, पुल, बस्तीमा बग्न गई क्षति गरेको । बग्ने क्रममा खियाउने र थुपार्ने काम संगसगै हुँदै गएको ।
– प्राकृतिक नाला (खोल्सा) हरुमा पनि अत्याधिक वर्षाको कारणले पानी निकास अत्याधिक हुँदा भू–क्षय भै नदीमा मिसिदा र समथर ठाउँमा थुपारिएको गेग्रान (Debris) ले नदीको धार परिबर्तन भएको एबं चौडाई पहिलेको तुलनामा ४ गुणा सम्म बढाएको र खोलाको सतह ४‐५ मी. सम्म माथी उठेको ।
ग) भौगोलिक आयामबाट
– भिरालो र कमजोर जमिन, पातलो माटोको सतह, जमिनको भिरालोपना र चट्टानको ढल्काई एकैतर्फ भिरालोतिर हुनु ।
– भिरालोपना ३० डिग्री भन्दा बढी भएमा भूक्षयको संबेदनशीलता बढ्छ । अध्ययन क्षेत्र बेथानचोक, पनौती र रोशीको भिरालोपना लगभग ४० डिग्री भन्दा बढी पाइयो ।
– खाेंच बीचमा बस्ती भएको, दुबैतिरबाट पहिरो र बीचमा खोला बाढी आउँदा भाग्ने ठॉउ भएन । (बेथानचोक ४ र पनौती १२ को हकमा )
– माटो परिक्षण (Soil/Base test ) नगरी घर तथा भौतिक संरचना बनाइएका ।
घ) राजनैतिक आयाम
– ग्रामीण सडक निर्माण हुदा Geofriendly design, estimate अनुसार स्थान छनौट नगरी नभइ राजनैतिक दबाब र भावना (Emotion & Sentiment) को आधारमा छनौट गरी तोकिनु (पनौती न.पा.क्षेत्रमा) ।
- Value base Versus Fact/Science Base.
।
– भिरालो ग्रामीण भेगका एकल वा सानो वस्तीका लागि पनि बाटो निर्माण गर्ने निति ।
– संघ, प्रदेश र स्थानीय तहले समानान्तर रुपमा बाटो निर्माणको बजेट निकासा गर्नु ।
ङ) सामाजिक, आर्थिक आयामबाट
– रेमिट्यान्सले ल्याएको समृद्धि र रोजगारी प्रयोजन सजिलोको लागि नदी/बाटोको छेउमा बस्ती बसेको ।
– खोलाले पार्ने प्रभाव बेवास्ता गरी बस्ती बिकास । खोला किनारमा बस्ती बस्ने क्रम बढ्दै जॉदा खोलाका भू–स्वरुपहरु नबुझी खोला हिड्ने ठाउँ (Flood Plains) र टारमा बस्ती बस्नु ।
– पूर्बसूचना प्रबाहको बेवास्ता गर्ने सामाजिक परिवेश ।
-Land Use Planning गरी सो अनुसार भू–उपयोग गर्न तयार नहुनु ।
– प्रकोप पूर्ब तयारी कार्ययोजनाको अबस्था स्पष्ट नहुनु ।
– चुस्तदुरुस्त अनुगमन नहुनु र भएपनि सुझाव कार्यान्वयनको अभाव रहनु ।
– अन्तरसरकारी निकायबीच चुस्त समन्बय हुन नसक्नु ।
जलवायुजन्य विपद्बाट भएको क्षति बिबरण
– विभिन्न सामुदायिक, कवुलियती वनहरुमा बाढी पहिरोबाट पाटेसल्लो, उत्तिस, खयर लगायतका १३,४२७ वटा रुखहरु ढलेर क्षति भएको ।
– सरकारद्धारा ब्यबस्थित वनमा ९४५ वटा रुख ढलेको ।
– निजी जग्गामा रहेका आबादीका रुखहरु जग्गाधनीले कटान गरी बिक्रीको लागि घाटगद्दीमा राखेको ४२०० क्यू.फी. काठ बगाई लगेको ।
– साना ठूला गरी करिव ८५० स्थानमा पहिरो गएको ।
– अन्य क्षति पालिका र अरु क्लष्टरबाट प्रस्तुत भए बमोजिम समाबेश गरिने ।
सृजीत परिणामहरु
– मानबीय, सामाजिक, आर्थिक, भौतिक, जैविक क्षती भएको ।
– जमिनको क्षयिकरण र भू–क्षय भएको, पहिरो गएको ।
– नदीको धार परिबर्तन भएको (रोशी, चलाल गणेशथान)
– नदीको चौडाई ४ गुणासम्म बढेको ।
– नदीको सतह ४–५ मी.सम्म माथि आएको ।
– बिद्यालय, सार्वजनिक संस्था, मठ, गुम्बा, सिंचाइ कुलो, जलबिद्युतको ड्याम, reservoir र बिद्युत उत्पादन गृह, रुख बिरुवा, वन्यजन्तुहरुको क्षति भएको ।
– किसानले कटान गरी बेच्नको लागि तयार गर घाटगद्दीमा राखेको निजी नम्बरी जग्गाको काठ बगाएको ।
– विपद पछि हैजा, पखाला तथा महिला, वालवालिकाहरुमा मनोरोग देखिएको ।
– पिडित परिवारमा अन्यत्र पलायन हुने सोच पलाएको ।
स्थलगत भ्रमणमा देखिएका र सरोकारवालहरुबाट उठाइएका वातारणीय सवालहरु
वन जंगल क्षेत्रमा पनि पहिरो कतै बढी, कतै कम गएको देखियो, पहाडको शिरमा कम गएको, बीच र तल्लो भागमा बढी देखियो । वन जंगल भएको ठाउमा पहिरो जानु नपर्ने होइन र ? भन्ने सवाल सम्बन्धी जवाफ –
– माटोको प्रकार प्राय बलौटे भएको, माटोले पानीलाई थेग्न सक्ने क्षमता भन्दा अत्याधिक पानी परेको र सो माटो आफैं तरल बनी बग्दै गएको एबं सो स्थानको चट्टानको ढल्काई र भिरालोपनको ढल्काई एकै दिशामा रहेको ।
– वनजंगलमा भएका रुख प्रजातीको जराको प्रकृती एबं पातलो माटोको तह र त्यसको मुनी रहेको चट्टानको कारण तलसम्म जान नसकेको ।
– सामुदायिक वन ब्यबस्थापन नहुदा त्यसमा रहेका बुढा रुख भिरमा आफैंमा भार थाम्न नसकी ढलेको, झाडी सफाई, अग्नि रेखा निर्माण जस्ता काम नहुँदा आगलागी भई वनको क्षयिकरण र हरितगृह ग्यासको उत्सर्जन बढी जलवायु परिबर्तनमा टेवा पुगेको ।
– वन क्षेत्रमा पहिरो गएको सम्बन्धमा वातावरणबिद, भू–गर्भबिद तथा वन प्राबिधिक टिम सम्लग्न भइ थप बिस्तृत अध्ययन गर्नुपर्ने देखिन्छ ।
– वन डढेलोले वन उजाड भएको र माटोको Binding Capacity घटाएको ।
यो मौसमजन्य बिपद आउनुमा जलवायु परिबर्तनका असरहरुको भूमिका रहेको हो वा होइन भन्ने जिज्ञासाको जवाफ
– हो भन्ने बुझाइ रहेको । स्थलगत निरीक्षणको क्रममा बिगत ३० बर्ष यता पानी कम पर्ने, परे पछि निरन्तर र ठूलो पर्ने, बाढी पहिरो जाने, तातो बढेको, वालीनाली पाक्ने सिजन अगाडी सरेको जस्ता जलवायु परिबर्तनका असरहरुसंग मिल्ने असरहरु बुझिएको र यस मौसमजन्य बिपदमा जलवायु परिबर्तनको भूमिका कति हिस्सा रहेको छ भन्ने सम्बन्धमा थप अध्ययन गर्नु पर्ने देखिन्छ ।
खोलाले थुपारेको रोडा ढुङ्गा तथा म्भदचष्क के कसरी ब्यबस्थापन गर्ने सम्बन्धी जिज्ञासाको जवाफ:
– खोलाको सतहमा रोडा ढुङ्गा तथा Debris पहिलाको सतह भन्दा ४‐५ मी. माथि सम्म थुपारिएको र खोलाको सतह माथि आएकोले सो को उचित ब्यबस्थापन नगरिए आउने भेलबाढीले थप समस्या सृजना गर्ने हुँदा यसको हकमा थप अध्ययन गरी प्रतिबेदन अनुसार ब्यबस्थापन गर्नेपर्ने देखिन्छ ।
खानी तथा क्रसर उद्योगको उत्खनन्ले गर्दा बाढी पहिरो, नदी कटान, नदीले धार परिबर्तन गरी क्षति गरेको हो ? भन्ने सवालको जवाफ
– Scale Up गरेको हो । अधिकांश खानी उद्योगले भिरालो जमिन खन्दा सो स्वीकृत: ining Scheme अनुसार Benching, संबेदनशील खस्न लागेको जमिनको सतहको माटो हटाई Land Reclamation लगायतका कार्य गरी गरेको पाइएन ।
– अधिकांश क्रसर उद्योगहरुले माटो, वालुवा छानेर खोलाको छेउमा थुपारेको र बाढी आउँदा सो पनि मिसिएर थप लेदो बनी बाढीको सतह बढाउन, धार परिबर्तन गर्न, नदी कटान र नदीको चौडाई बढाउन सहयोग पु¥याएको देखिन्छ ।
– मापदण्ड नपुगेका र दर्ता नभई सञ्चालनमा रहेका खानी तथा क्रसर उद्योग सञ्चालनमा कडाईका साथ रोक लगाउनुपर्ने देखिन्छ ।
– दर्ता तथा नवीकरण भएर मापदण्ड पुगेका खानी तथा क्रसर उद्योगहरुको सम्बन्धमा थप स्थलगत अध्ययन गरेर प्राबिधिक प्रतिबेदनको आधारमा निरन्तर सञ्चालन गर्ने वा सञ्चालनमा रोक लगाउने भन्ने निर्णय गर्नुपर्ने देखिन्छ ।






