जेनजी आन्दोलनको ५३ दिनपछि बस्यो संसदीय समिति बैठक
काठमाडौँ / जेनजी आन्दोलनको ५३ दिनपछि संसदीय समितिको बैठक बस्न थालेको छ । आज राष्ट्रिय सभा अन्तरगतको, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ ।
सिंहदरवारमा जारी बैठकका एजेण्डामा समितिको आगामी बैठकमा छलफल हुने विषयहरू र स्थलगत अनुगमन एवम् अन्तरक्रिया कार्यक्रम लगायत थियो ।
तर सांसदहरूले जेनजी आन्दोलन स्मरण गरेका छन् । प्रधानमन्त्री वा गृहमन्त्रीलाई बोलाएर छलफल गर्नुपर्ने माग उनीहरूले गरेका छन् । विकासको योजना काटिएको विषयमा समेत छलफल आवश्यक रहेको उनीहरूको भनाइ छ ।
राष्ट्रिय सभा सदस्यहरू जग प्रसाद शर्मा, राजेन्द्र लक्ष्मी गैरे, गोपी बहादुर सार्की अक्षामी लगायतले सरकारसँग छलफल आवश्यक रहेको बताए । ‘प्रधानमन्त्रीकै उपस्थितिमा छलफल गर्न सकिन्छ, गरौँ,’ सांसद शर्माले भनेका छन् ।
समिति सभापति सोनाम गेल्जेन शेर्पाले त्यसमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।






