नेपाली कांग्रेस महाधिवेशनबारे विश्वप्रकाश शर्माका चार विकल्प
काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी चुनावअघि पार्टीको महाधिवेशन गर्न सकिने चार विकल्प कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रस्ताव गरेका छन्।
बिहीबार बिहान फोनमार्फत गरिएको सम्पर्कमा उनले निम्न विकल्पहरू प्रस्तुत गरेका छन्–

नियमित महाधिवेशन (२७–२९ मंसिर)
गगन थापाले कार्यसम्पादन समितिमा पेश गरेको कार्यतालिका अनुसार मंसिर २७ देखि २९ गतेसम्म नियमित महाधिवेशन गर्ने प्रस्ताव। शर्माले व्यक्तिगत स्वार्थभन्दा माथि उठी यही तालिका पारित गर्नुपर्ने धारणा राखेका छन्।
विशेष महाधिवेशन (मंसिर मसान्तभित्र)
मंसिर मसान्तसम्म नियमित महाधिवेशन सम्भव नहुने देखिएमा विधानको दफा १७(२०) बमोजिम केन्द्रीय समितिले चाहें विशेष महाधिवेशन आह्वान गर्न सकिने सुझाव।
प्रतिनिधिहरूको हस्ताक्षरबाट विशेष महाधिवेशन
विधानको सोही प्रावधानअनुसार महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरेर पनि विशेष महाधिवेशन गर्न सकिने विकल्प।
शर्माले पार्टीलाई एकताबद्ध राख्दै लोकतान्त्रिक अभ्यास सुदृढ गर्न यी विकल्पहरूमध्ये उपयुक्त निर्णय लिन आग्रह गरेका छन्।





