जेनजी आन्दोलनमा काभ्रेमा आगजनी र लुटपाटमा संलग्न ७ जना पक्राउ

by | कार्तिक १४, २०८२

जेनजी आन्दोलनमा काभ्रेमा आगजनी र लुटपाटमा संलग्न ७ जना पक्राउ

जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न ७ जना पक्राउ परेका छन् । भाद्र २४ गते काभ्रेपलान्चोकमा विभिन्न सरकारी तथा नीजि भवन र सम्पति माथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न ७ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन विष्टले जानकारी दिए । पक्राउ पर्नेमा पनौती नगरपालिका ३ का अनिष सापकोटा, वडा नम्बर ८ का सुमन केसी, वडा नम्बर १० का साकार केसी, वडा नम्बर २ का स्यान्जि भन्ने सुवाष तामाङ, बेथानचोक गाउँपालिका–६ का समिर तामाङ, वडा नम्बर ३ का चिउरे भनिने होमप्रसाद तिमल्सिना र महाभारत गाउँपालिका–४ का ङेमासाङ मुक्तान रहेका छन् । पनौती–३ का अनिष सापकोटा विरुद्ध यसअघि समेत मुद्ध्दा दर्ता भएको थियो । २०७२ सालमा अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जेजनी आन्दोलनपछि पनि सापकोटा सामाजिक सञ्जालमा विभिन्न धम्की दिँदै गालीगलौजमा उत्रिएका थिए । बेथानचोकका होमप्रसाद तिमल्सिनाविरुद्ध पनि २०८१ सालमा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएको छ । पनौती–२ का सुवास तामाङ विरुद्ध तीनपटक चोरी मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक र मातहत प्रहरी इकाइहरुबाट खटिएको प्रहरी टोलीले उनीहरलाई पक्राउ गरेको हो । उनीहरुमाथी काभ्रेपलान्चोक जिल्ला अदालतबाट अपराधिक उपद्रव मुद्दामा ७ दिनको म्याद थप गरि जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकको हिरासत कक्षमा राखि अनुसन्धान भइरहेको छ । जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नहरु विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।