माओवादी र नेसपासँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
काठमाडौं / नेकपा एकीकृत समाजवादीले नेकपा माओवादीसँग एकता गर्ने निर्णय गरेको छ । शुक्रबार सम्पन्न नेकपा एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको हो ।अध्यक्ष माधवकुमार नेपालले बैठकमा राखेको माओवादीसँग एकता गर्ने निर्णयलाई सदस्यहरुले ताली पिटेर अनुमोदन गरेका हुन् ।त्यस्तै बैठकले महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग समेत एकता गर्ने निर्णय गरेको हो ।क्त बैठकको निर्णयहरु सचिवालय बैठकले अनुमोदन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
पार्टी एकता गर्ने विषयदेखि लिएर सम्पूर्ण प्रक्रियागत विषयहरुको निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको बैठकका निर्णय सुनाउँदै उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
यता सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, रामकुमारी झाँक्री लगायत एक दर्जन बढी नेताहरुले भने माओवादीसँग एकता गर्ने निर्णयको विरोध जनाइरहेका छन् ।
बैठकमा बोल्न चाहने सबै केन्द्रीय सदस्यहरुलाई बोल्न दिइएको पार्टी प्रवक्ता ज्वालाले जानकारी दिए ।






