माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी फुट्यो

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी फुटेको छ । एकीकिृत समाजवादीले माओवादीसँग एकता गर्ने निर्णयपछि सम्मानित नेता झलनाथ खनाल सहितका नेताहरु पार्टीबाट अलग्गिएका हुन् । पोलिटब्युरो सदस्य धर्म निरौलाले अब सम्मानित नेता झलनाथ खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताएका छन्।

माओवादीसँग एकता गर्ने निर्णयपछि अलगै पार्टी बनाउन भएको भेलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने बताए। नेता खनाल संरक्षक भएर बसेर महासचिव भुसाल संयोजक हुनुपर्ने बताए।

उनले भने, ‘हामी यही पार्टीलाई पुनर्गठन गरेर जान्छौँ। सबै कम्युनिस्ट पार्टी पुनर्गठनको अभियान चलाउँछौँ र मिल्दै जान्छौँ। अहिले हामी माधवजीहरूसँग अलग हुन्छ। अब एक साताभित्र राष्ट्रिय कार्यकर्ता भेला गरेर हाम्रो दृष्टिकोण सार्वजनिक गर्छौँ।’

उनले अध्यक्ष माधव नेपाललाई भ्रष्टाचारको मुद्दा लाग्दा इच्छाएको व्यक्तिलाई कार्यवाहकको जिम्मेवारी दिन आफूहरूले भन्दा समेत नमानेको बताए।