महाधिवेशन कार्यतालिकामा सहमति जुटाउन बसेको कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकियो

by | कार्तिक १५, २०८२

महाधिवेशन कार्यतालिकामा सहमति जुटाउन बसेको कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकियो

पार्टीको आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटाउन बसेको नेपाली कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ । प्रतिनिधि सभाको चुनावभन्दा अघि गर्ने कि पछि भन्ने विषयमा पार्टी भित्र देखिएको विवाद समाधान गर्न आज पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमती जुट्न नसकेको हो ।

समान धारणाका साथ अघि बढ्ने निष्कर्षका साथ बैठक सकिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनले कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरुको मतान्तर सहमतीको नजिक पुगेको पनि आफूले अनुभूति गरेको बताए ।

नेपाली कांग्रेसको संस्थापन पक्षले चुनाव पछि आउँदो वैशाखतिर मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने अडान राख्दै आएका छन भने महामन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्मासहितको इतर पक्षले चुनाव अघि नै विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेपछि चालू केन्द्रीय समितिको बैठक समेत भोलिसम्मका लागि स्थगित गरिएको छ ।