एमाले सचिवालय बैठकः महाधिवेशन काठमाडौंमा हुने, मंसिर १३ गते प्रतिनिधि चयन

by | कार्तिक १५, २०८२

एमाले सचिवालय बैठकः महाधिवेशन काठमाडौंमा हुने, मंसिर १३ गते प्रतिनिधि चयन

नेकपा एमालेले मंसिर १३ गते देशभर एकै पटक महाधिवेशन प्रतिनिधि चयन गर्ने भएको छ। गुण्डुमा बसेको सचिवालय बैठकले एकै दिन प्रतिनिधि चयन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनका अनुसार १२ सय पार्टी सदस्य बराबर १ जना महाधिवेशन प्रतिनिधि हुनेछन्। एक तिहाइ महिला प्रतिनिधि, ४० वर्ष भन्दा मुनिलाई पनि आरक्षण छुट्टाइएको छ। प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधि आरक्षण छुट्याइएको बताए । महाधिवेशनमा करिब २१०० प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशन अब काठमाडौंमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो।