लड्केश्वर मन्दिरको एकादशी मेलामा २५ जनाले गरे रक्तदान

बल्थली/नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा अन्तर्गत बल्थली उपशाखाको आयोजनामा शनिबार बल्थलीमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कुल २५ जनाले रक्तदान गरेका छन्। सबै रक्तदाता पुरुष रहेको उपशाखाका सभापति मुकुन्द प्रसाद अर्यालले जानकारी दिए। उनका अनुसार २०६० सालदेखि निरन्तर हरिबोधनी एकादशीको अवसरमा लड्केश्वर मन्दिर परिसरमा रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको छ। यस वर्ष यो अभियानको २४ औं संस्करण हो।

कार्यक्रम जनक प्रसाद तथा शोमा हुमागाई प्रतिष्ठान, लड्केश्वर युवा क्लब, लक्ष्मी पञ्चायन मन्दिर निर्माण समिति र थुम्की रिसोर्टको सहयोगमा सम्पन्न भएको हो।

नेता कुमार थापाका अनुसार लड्केश्वर मन्दिरमा लाग्ने वार्षिक मेलामा प्रत्येक वर्ष नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने परम्परा रहिआएको छ। त्यस्तै, काभ्रे जिल्ला शाखाका मन्त्री राजु सिग्देलले देशभर रगत अभाव भइरहेकाले नेपाल रेडक्रस सोसाइटीले वल्ड बैंकमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म रगत संकलन कार्य नियमित रूपमा सञ्चालन गरिरहेको बताए।