थापाथलीको ट्राफिक बिटको टहरा भत्काउन पुग्यो महानगरको डोजर
काठमाडौं / थापाथली स्थित सम्पदा क्षेत्रमा अतिक्रमण गरेर बनाएका घर, टहरा काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले भत्काएको छ । थापाथली ट्राफिक प्रहरी प्रभाग आसपासमा रहेको सम्पदा क्षेत्रमा महानगरले डोजर लगाएको हो ।
‘अतिक्रमण भएको सम्पदा क्षेत्र महानगरले खाली गरेको हो । यो महानगरको नियमित प्रक्रिया नै हो, सोही अनुसार हामीले हटाएका हौँ,’ फिल्डमा रहेको नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराईले भने ।






