धुलिखेलमा कर्माचार्य समाज गठन

धुलिखेल/धुलिखेल नगरपालिकामा रविन्द्र कर्माचार्यको अध्यक्षतामा कर्माचार्य समाज धुलिखेल नगर समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा राजेन्द्र कर्माचार्य सचिब गुण बहादुर कर्माचार्य कोषाध्यक्ष चन्द्र किरण कर्माचार्य र सदस्यहरुमा हरिकृष्ण कर्माचार्य, भेष राज कर्माचार्य, रिकास कर्माचार्य रहेका छन् । कर्माचार्य समाजका केन्द्रिय उपाध्यक्ष सिद्धि बहादुर कर्माचार्यको प्रमुख आतिथ्यतामा बसेको भेलाले उक्त समिति गठन गरेको जनाएको छ ।

भेलाले सदस्यता बृद्धि गर्ने, राष्ट्रिय सम्मलेनमा सहभागिता जनाउने, नगरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । भेलामा समाजसेवी पुर्ण बहादुर कर्माचार्य, रविन्द्र कर्माचार्य लगाएतको सहभागीता रहेको थियो ।