तीन महिनामा काभ्रेमा २ सय १६ वटा अपराधिक घटना, १ सय ८६ अभियुक्त पक्राउ
धुलिखेल/चालु वर्षको साउन–असोज तीन महिनाको अवधीमा जिल्लामा २ सय १६ वटा अपराधिक घटना भएका छन् । १ सय ८६ जना अभियुक्त पक्राउ परेका छन् । ३ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । ५९ जना घाईते भएका छन् । २१ जनाले आत्महत्या गरेका छन् ३ जनाको हत्या भएको छ । असोज महिनामा मात्रै २ जनाको हत्या भयो । प्राकृतिक प्रकोपका ८ वटा घटना भए । जसमा ४ जनाले ज्यान गुमाए । ५ जना घाईते भए ।
यो अवधीमा जिल्लामा ८५ जना विशिष्ट ब्यक्तिले भ्रमण गरेका छन् । १ सय २८ वटा पसल अनुगमन गरिएको छ । ४ वटा पसललाई जरिवना गराईएको छ । जसबाट ३५ हजार जरिवना गराईएको छ । ३२ वटा पसलबाट सामान जफत गरेर नष्ट गरिएको छ ।
यो अवधीमा १ हजार ८ सय ४४ जनाले नयाँ नागरिकता लिएका छन् भने २ हजार ७ सय ६० जनाले प्रतिलिपि नागरिकता लिएका छन् । राष्ट्रिय परिचयपत्रका लागि प्रष्ट विवरण आवश्यक हुँदा प्रतिलिपि लिने नागरिकहरुको संख्या नयाँ भन्दा धेरै भएको हो ।
यो अवधीमा ९ जनाले नागरिकता परित्याग गरेका छन् । ४ जनालाई गैह् आवासिय नागरिकता जारी गरिएको छ । अगिंकृत नागरिकता एक जनालाई उपलब्ध गराईएको छ । राष्ट्रिय परिचयपत्रका लागि ८ हजार ३ सय १२ जनाले फोटो खिचाएका छन् । २ हजार ६३ जनाले राष्ट्रिय परिचयपत्रको कार्ड प्राप्त गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी सुर्दशन श्रेष्ठका अनुसार राहदानीका लागि आवेदन दिनेहरुको सख्या ३ हजार ७ सय ४४ जना मध्ये ३ हजार ३ सय ५५ जनाले राहदानी लिएका छन् । असोज महिनामा ९ सय १८ जनाले फोटो खिचाएकोमा ४ सय ७९ जनाले मात्रै राहदानी प्राप्त गरेका छन् । १ सय ७१ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ ।
यो अवधीमा जिल्ला प्रशासन कार्यालय काभ्रेमा ३३ वटा मुद्दा दर्ता भएका छन् । असोजमा ११ वटा दर्ता भएका छन् । १२ वटा मुद्दा फछ्र्याैट भएका छन् । ४१ वटा ठाडो उजुरी मध्ये सबै फछ्रर्याैट भएका छन् । चालु वर्षमा २ वटा मात्रै नयाँ संस्था दर्ता भएका छन् । ५० वटा नविकरण भएका छन् । ५ वटा हतियारको नविकरण भएको छ । १ सय ८३ जनाले दलित तथा जनजाति परिचयपत्र लिएका छन् । तीन महिनाको अवधीमा जिल्ला प्रशासन कार्यालयले ६१ लाख ६३ हजार ६ सय १९ रुपैया राहत वितरण गरेको छ भने १ करोड ९६ लाख ६७ हजार ९ सय ३९ रुपैया राजश्व संकलन गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेको धरौटी ३ करोड १६ लाख २६ हजार ३ सय ९७ रुपैया जम्मा भएको छ ।





