जगाती प्रहरी चौकीमा आगजनी गर्ने काभ्रेका ३ सहित ८ जनाले गरे आत्मसमर्पण

by | कार्तिक १८, २०८२

जगाती प्रहरी चौकीमा आगजनी गर्ने काभ्रेका ३ सहित ८ जनाले गरे आत्मसमर्पण

बनेपा/ काभ्रेका ३ जनासहित जेनजी आन्दोलनमा भक्तपुरको जगाती प्रहरी चौकीमा आगजनी गरेको आरोप लागेका ८ अभियुक्तहरूले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

प्रहरीका अनुसार आत्मसमर्पण गर्नेहरूमा काभ्रेपलाञ्चोक भुम्लु–३ का ३४ वर्षीय रामशरण परियार, बनेपा–४ घर भई हाल भक्तपुर हनुमानघाट बस्ने ३२ वर्षीय रुपक परियार र सर्लाही लाबन्दी–६ घर भई हनुमानघाटमै बस्ने २६ वर्षीय होमबहादुर खत्री रहेका छन्।

त्यस्तै, काभ्रे नमोबुद्ध–१ घर भई हाल बम्हायणी बस्ने २२ वर्षीय अमृत सुनुवार र महोत्तरी सोनाम–८ घर भई हाल बम्हायणीमै बस्ने १८ वर्षीय प्रालदकुमार ठाकुरले पनि आत्मसमर्पण गरेका छन्।

यसैगरी, भक्तपुर नगरपालिका–८ का २३ वर्षीय राजन माक, सर्लाही घर भई हाल भक्तपुर भातेढिकुर बस्ने १६ वर्षीय सरोज बम्जन र काभ्रे नमोबुद्ध–६ घर भई हाल भातेढिकुरमै बस्ने २२ वर्षीय विकास तामाङले समेत आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।