माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक जारी, जनार्दनले गरे बहिष्कार

by | कार्तिक १८, २०८२

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक जारी, जनार्दनले गरे बहिष्कार

काठमाडौं /नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक शुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) लगायत दलसँगको एकता अनुमोदनका लागि बैठक बोलाइएको हो । अन्तिम बैठकमा शर्मासहित सचिवालय सदस्य राम कार्कीले पनि बहिष्कार गरेका हुन् ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा शुरु भएको बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गर्ने छन् । आईतवार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका ८ दलले एकताका लागि सहमती पत्रमा हस्ताक्षर गरेका थिए ।

दाहाल नेतृत्वको माओवादी केन्द्र, माधव नेपालको नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०, महिन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी, चिरण पुन नेतृत्वको नेकपा, कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी र प्रेमबहादुर सिंह नेतृत्वको नेकपा साम्यवादीले सो सहमती पत्रमा हस्ताक्षर गरेका हुन् ।

भोली कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन गरेर पार्टी एकताको घोषणा, त्यसको विधान र केन्द्रीय कार्य समिति गठन गर्ने कार्यक्रम रहेको नेकपा ९माओवादी केन्द्र०ले जनाएको छ ।