कांग्रेस केन्द्रीय समिति बैठकमा चन्द्र भण्डारीको प्रस्ताव– संसद् पुनः स्थापना गरौँ
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संसद् पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन गर्नुपर्ने प्रस्ताव गरेका छन्। जारी केन्द्रीय समितिको मंगलबारको बैठकमा भण्डारीले संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका हुन्।
संसद् पुनस्स्थापना गरौँ। संविधान संशोधन पनि गरौँ र जेनजीको माग सम्बोधन गरेर अघि बढौँ, बैठकमा भण्डारीको प्रस्ताव थियो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्ने ठहर गरेको थियो। तर अहिले कांग्रेसभित्र फागुन २१ का लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुनुपर्ने आवाज उठिरहेको छ।
फागुन २४ को जेनजी आन्दोलनपछि सत्ताबाट बहिर्गमनमा परेको नेकपा एमालेले भने संसद् पुनस्स्थापनालाई हुनुपर्ने निर्णय गरी यसका लागि कानुनी प्रक्रियामा जाने बताइसकेको छ।






