जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

by | कार्तिक १९, २०८२

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको संगठनात्मक कार्य योजना तथा प्रस्तावलगायत विषयमा छलफल हुने बताइएको छ ।