स्वास्थ्य शिविरमा १८५ सीमावासी लाभान्वित

सिन्धुपाल्चोक/ सीमा सुरक्षासँगै स्थानीय जनताको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालले सिन्धुपाल्चोकमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

कात्तिक १८ गते सशस्त्र प्रहरी बल, नेपाल नं.१६ गण हे.क्वा. सिन्धुपाल्चोकको आयोजनामा भोटेकोशी गाउँपालिका–३ लार्चास्थित सुख्खा बन्दरगाह परिसरभित्र रहेको श्रमिक प्रतिक्षालयमा सीमावासी लक्षित BADP (Border Area Development Plan) कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य शिविर आयोजना गरिएको हो।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं.३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेल प्रमुख अतिथि रहेका थिए। सो अवसरमा सशस्त्र प्रहरी उपरीक्षक मनोज थापा, गणपति सशस्त्र प्रहरी उपरीक्षक अच्युत कुमार मजगैयाँ, सिन्धु सदावहार अस्पताल खाडीचौरका प्रमुख डा. देवेन्द्र गौतम, भोटेकोशी अस्पतालका डा. नविन कार्की, भोटेकोशी गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

सिन्धु सदावहार अस्पताल खाडीचौर र भोटेकोशी गाउँपालिकाको प्राविधिक सहयोग तथा सहकार्यमा सञ्चालन गरिएको शिविरमा कान, नाक, घाँटी ९भ्ल्त्०, दाँत, उच्च रक्तचाप, सुगररथाइराइड, स्त्रीरोग, पेट तथा बलरोग, हाड–जोर्नी, नशा च्यापिएका समस्या लगायतका स्वास्थ्य सेवा प्रदान गरिएको थियो।

एक दिने उक्त शिविरमार्फत महिला र पुरुष गरी कुल १८५ जना सीमावासीले विभिन्न स्वास्थ्य सेवाबाट लाभ उठाएका थिए।

सशस्त्र प्रहरी बल, नेपालले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व संकलन र विपद् व्यवस्थापन (BIRD) अन्तर्गतका प्रमुख जिम्मेवारीहरूसँगै सीमावर्ती क्षेत्रमा स्वास्थ्य, शिक्षा र सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।