काठमाडौंमा विप्लव नेतृत्वको नेकपा र्‍याली, सर्वपक्षीय अन्तरिम सरकारको माग

काठमाडौं / नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार प्रदर्शन गरेको छ ।
काठमाडौंमा निकालिएको र्‍यालीमा सर्वपक्षीय अन्तरिम सरकारको माग गरिएको छ । भृकुटीमण्डप पुगेर प्रदर्शन सभामा परिणत भएको छ । सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् । भदौ २३-२४ को जेन-जी आन्दोलनपछिको राजनीतिक परिवेश र भावी रणनीतिबारे पार्टीको धारणा सार्वजनिक गर्ने नेताहरूले बताएका छन् । पार्टी दर्ताका लागि विप्लवले हालै निर्वाचन आयोगमा निवेदन दिएका छन् । यो बीचमा उनको पार्टीबाट दुई वटा समूह चोइटिएको छ ।