अर्किड ईन्टरनेश्नल एकेडेमीमा खेलकुद सप्ताह सम्पन्न

बनेपा/ अर्किड ईन्टरनेश्नल एकेडेमीमा खेलकुद सप्ताह २०८२ सम्पन्न भएको छ । प्रत्येक वर्ष सञ्चालन गरिने उक्त खेलकुद प्रतियोगितालाई आगामि शैक्षिक सत्रहरुमा समेत निरन्तरता दिने प्रिन्सिपल अनिता प्रजापतिले बताईन् ।

बालबालिकाहरुलाई शारिरिक, मानसिक, सामाजिक विकासका लागी खेलकुद अनिवार्य रहेको प्रजापतिले बताईन् । नियमित रुपमा खेलकुद खेलाएमा बालबालिकाहरु बढी सक्रिय, आत्मविश्वासी र अनुशासित हुने प्रिन्सिपल प्रजापतिले बताईन् । प्रविधिमुखी जिवन शैलीका कारण बालबालिकाहरु मोबाईल र कम्प्युटरमा बढी केन्द्रित हुदै गएकाले उनिहरु शारिरिक निस्क्रियता र मानसिक तनाब बढ्दै जाने हुनाले विद्यालयले प्रत्येक विद्यार्थीहरुलाई खेलकुदमा सहभागि गराएको र नियमित खेलकुदको अभ्यास गराउँदै आएको प्रजापतिको भनाई रहेको थियो ।

कार्यक्रममा पिजी कक्षा देखी कक्षा ८ सम्मका विद्यार्थीहरुले २ दर्जन भन्दा बढी खेलहरुमा सहभागिता जनाएका थिए । खेलकुद सप्ताहको समापन बनेपा नगरपालिका वडा नम्बर ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरले गरेकी थिईन् । मानन्धरले आफ्नो वडामा १७ वटा विद्यालय रहेको र सबै विद्यालयहरुले उत्कृष्ट नतिजा प्रदान गर्दे आएको बताईन् ।

शिक्षामा अझै सुधार बाँकी रहेकाले सामुदायीक विद्यालयहरुले धेरै मेहनत गर्नु पर्ने मानन्धरले बताईन् । अर्किड विद्यालय वडाको मात्रै नभई नगरकै नमुना विद्यालयका रुपमा रहेकाले गुणस्तरीयतामा कुनै सम्झौता नगर्न ब्यबस्थापनलाई आग्रह गरेकी थिईन् ।

कार्यक्रममा शसत्र प्रहरीका एसएसपी रविन कर्णजित, प्रिन्सिपल अनिता प्रजापति लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सभापतित्व विद्यालयका सञ्चालक समितिका अध्यक्ष पुकार कर्णजितले गरेका थिए ।