कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै छ । शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनको भनाइ छ ।