कविता: नानीबाबुलाई
विद्यात हो नि ज्ञानको पोको खर्चेमा बढ्दछ,
राम्ररी पढ्ने मिहेनत गर्ने शिखर चढ्दछ,
शिक्षा हो घाम उज्यालोतिर यसैले डोर्याउँछ,
साधना गर्ने सबैलाईनै लक्ष्यमा पुऱ्याउँछ,
ए १ नानी बाबु भविष्य रच्न तिमी त जाग्नु छ,
पारिलो घाम शिक्षाको ताप्न तिमीले लाग्नु छ,
ज्ञान र सिप हासिल गर्न उद्योग गर है,
त्यो आफ्नोपन जोगाई तिमी अगाडि बढ है,
सर्जक बन सृर्जना गर नविन कुराको,
बुझाउ चित्त श्रमले जति जे छ त्यो जुराको,
क्षमता वृद्धि गर्नका लागि गरन प्रयास,
सिध्दान्त मात्र जानेर हुन्न गर है अभ्याँस,
कागको चेष्टा बकुल्लो ध्यान श्वानझैं निन्द्रात,
विद्याका लागि चाहिन्छ भनि शास्त्रले भन्दछ,
बेलैमा सुत सवेरै उठ फुर्तिलो हुनेछौ,
आधारशिला बलियो पार उंचाई चुम्नेछौ,
चनाखो बनी जाँगर झिक हुनेछौ अगाडि,
गरेर अल्छी सुताहा बने परिन्छ पछाडि,
सद्गुण मात्र पच्छ्याउ संधै दुर्गुण नसिक,
बचन मिठो बोल है तिमी अहंता नझिक,
आचार राम्रो बिचार उम्दा धैर्य र साहसी,
चिनारी होनि गुणीको बन पाउँछौ स्यावासी,
क्षमता चिन औसर खोज व्यक्तित्व बनाऊ,
समाज आफ्नो स्वजन तिन्को प्रतिष्ठा बढाऊ,
पोषण युक्त भोजन रोज चट्पटे हैननी,
अस्वच्छ खाने भएमा बानी स्वास्थ्य त छैननी,
भोजन स्वच्छ घरकै हुन्छ बजारु हुँदैन,
ज्ञानीले सँधै घरकै रोज्छ त्यो जङ्क छुंदैन,
गर है कुरा र काम पनि विज्ञान सम्मत,
खराबलाई खराबै भन्ने राख है हिम्मत,
संस्कृति कला विज्ञान पढ बुझेर प्रयोग,
आशिष नित्य दिनेछौं हामी मिलोस् है सुयोग,
ए १ नानी बाबु आशिष हाम्रो मिलोस् है सुयोग।
धन्यवाद ।
बनेपा,बुडोल






