पतञ्जलि योग धुलिखेल नगर समिति तथा योग केन्द्रका पदाधिकारीहरुको पदस्थापन
धुलिखेल÷ पतञ्जलि योग धुलिखेल नगर समिति तथा नगर अन्र्तगतका योग केन्द्रहरुको पद्यादिकारीहरुको पदस्थापन गरिएको छ ।
पतंलि धुलिखेल योग नगर समितिको अध्यक्षमा विष्णु शर्मा निर्वाचित भएका छन् । समितिको उपाध्यक्ष पद्या श्रेष्ठ, महासचिब पुञ्जलाल श्रेष्ठ, संगठन सचिब लालबाबु ठाकुर, सचिब अरुण चित्रकार, प्रशिक्षण अध्यक्ष दिवाकर जंगम, सञ्चार अध्यक्ष शारदाप्रसाद शर्मा, सदस्यहरु पुरुषोतम हुमागाई, मुकुन्द तिमल्सिना, राधेश्याम थापा, राधेश्याम श्रेष्ठ शुष्मा बजगाई र सीता थापा रहेका छन् । सल्लाहकारमा जयकृष्ण नर्सिङजु, जयराम श्रेष्ठ, दयारमा महत, रामचन्द्र होमेगाई, विमला शर्मा, शर्मिला कार्की, सिताराम ढुङगाना रहेका छन् । कार्यक्रम पतंजलि योग धुलिखेल नगर समितिका अध्यक्ष विष्णु शर्माको सभापतित्वमा भएको थियो । शर्माले आफ्नो कार्यकालमा ३३ वटा पूर्ण बैठक बसी विभिन्न विषयमा छलफल, निर्णय र कार्यान्वयन गरेको बताए ।
२०७९ भदौ २१ देखि ३१ गतेसम्मका १२ दिनमा धुलिखेलका १२ वटै वडामा एक–एक दिनको योग विज्ञान शिविर सञ्चालन गरेको, धुलिखेलका १२ वटामध्ये ४, ५, ९, १०, ११ र १२ गरी ७ वटा वडामा ८ वटा योग साधना केन्द्र सुरु गरिएको, नगर समितिको घुम्ती सत्संग नपाभित्रका सबै साधना केन्द्रमा पालैपालो गर्ने गरेको बताए । त्यसै गरी शर्माले जिल्ला, प्रदेश, केन्द्र र मुख्यालयबाट प्राप्त निर्देशन अनुसार कार्यक्रमहरूमा सक्रिय सहभागी हुदै आएको, काभ्रे नित्यचण्डेश्वर र पात्लेखेतमा तालिम सञ्चालन गरी योग साधना केन्द्र सञ्चालन गरेको, बनेपामा अवस्थित चण्डेश्वरी माईको मन्दिरदेखि बनेपाकै गोसाइँकुण्ड, नैमिषारण्यक्षेत्रसम्मको पैदलयात्रा र वनभोज सञ्चालन गरी योगसाधकहरूबीच आपसी घनिष्ठता र समन्वय गरिएको, धुलिखेल–देवघाट नवलपरासी दुईदिने यात्रा गरी हरिहरक्षेत्र र मौलाकालीका दर्शन गराईएको, सिन्धुली राष्ट्रिय कलाघर र संग्रहालय एवं सिन्धुलीको ऐतिहासिक गढीको भ्रमण अवलोकन गरिएको छ ।
श्रीखण्डपुरमा ४३ जनालाई सहयोग शिक्षक तालिम र केयु परिसरमा हजार भन्दा बढीको उपस्थितिमा वृहत योग विज्ञान शिविर सम्पन्न गरिएको, विभिन्न साधना केन्द्रका योग साधकहरू, पदाधिकारीहरू, स्थानीय निकाय र समुदाय तथा जिल्ला समिति र प्रदेश समितिको सहयोगमा समितिले योग साधनाको प्रचार र विस्तारमा थोरै भएपनि योगदान गर्न पाएको र समाजलाई शारीरिक र मानसिक स्वस्थ राख्ने महा अभियानमा सफल भएको सभापति विष्णु शर्माले सभामा जानकारी दिए । पदस्थापन कार्यक्रममा धुलिखेल नगर समिति अन्र्तगतका केन्द्रहरुका पद्यादिकारीहरुको समेत पदस्थापन गरिएको छ ।
धुलिखेल- ४, केयु परिसर, बखुण्डोलमा रहेको केयु योग साधना केन्द्रको संरक्षक खाइबा लामा, अध्यक्ष सीता सुवेदी, महासचिव सुनिता थापा, सदस्यहरुमा कमला बोलखे, गोमा रायमाझी, देवकी मलेकार, पार्वती बजगाई, मीना चौलागाई, रुविना पण्डित र रोजी लुइँटेल रहेका छन् । त्यसैगरी सेतीदेवी योग साधना केन्द्र, धुलिखेल –४, बुद्धपार्क, बखुण्डोलको अध्यक्ष धन शर्मा, महासचिव रमेश थापा, सदस्यहरुमा अज्जु थापा ,अप्सरा तिमल्सिना, कमला आचार्य, मालतीकुमारी थिङ र सीतादेवी तिमल्सिना रहेका छन् । त्यसै गरी श्रीखण्डपुर योग साधना केन्द्र, धुलिखेल – ५, श्रीखण्डपुरको अध्यक्ष अनिल श्रेष्ठ, महासचिव हरिचन्द्र श्रेष्ठ, सदस्यहरुमा अन्जु सुवाल, गायत्री थापामगर, तुमला राजभण्डारी, नारायण प्रधान, पूर्णलक्ष्मी श्रेष्ठ, वीरेन्द्र राजभारत र सावित्री प्रधान रहेका छन् । त्यसै गरी धुलिखेल योग साधना केन्द्र, धुलिखेन –७, सब्जीबनी बजार, धुलिखेलको अध्यक्ष अरुणकुमार चित्रकार, महासचिब राधेश्याम थापा, सदस्यहरुमा जयकृष्ण नर्सिङजु, बालकुमारी श्रेष्ठ, शारदा चित्रकार, सुष्मा बजगाई, र सुवर्ण व्यान्जु रहेका छन् । त्यसै गरी काभ्रे नित्यचण्डेश्वर योग साधना केन्द्रको अध्यक्ष रामचन्द्र होमेगाई, महासचिव रेखा हुमागाईं सदस्यहरुमा पार्वती हुमागाईं, मोहनप्रसाद होमागाईं, रामप्रसाद हुमागाई, सीता हुमागाई र सुन्तोली सिग्देल रहेका छन् ।
शारदाबतासे योग साधना केन्द्र, धुलिखेल १० शारदाबतासे केन्द्रको अध्यक्ष राजा राम क सी, महासचिब सम्झना शर्मा, सदस्यमा गीता भाण्डारी, जिवन अधिकारी, जिवनेश्वर श्रेष्ठ र गोविन्द धिमाल रहेका छन् । त्यसै गरी पातलेखेत हनुमान योग साधना केन्द्र, धुलिखेल– ११, पातलेखेतको विष्णुहरी घिमिरे, महासचिब सरोज तिवारी सदस्यहरुमा दुर्गा धिताल, राधिका ओझा, षडानन्द ओझा र सरस्वती धिताल रहेका छन् । त्यसै गरी शंङ्गेश्वरी योग साधना केन्द्र धुलिखेल १२ शंखुपाटीचौर योग केन्द्रको अध्यक्ष केशब धमला, महासचिब कोकिल थापा, सदस्यहरुमा प्रकाश श्रेष्ठ, रत्नबहादुर कार्की, रोजिना श्रेष्ठ, सविता श्रेष्ठ र सुर्यलाल श्रेष्ठ रहेका छन् ।
निवार्चित सम्पुर्णलाई प्रमाणपत्र प्रमुख अतिथी पतंजलि योग समिति वागमति प्रदेश संयोजक ग्रुवेन तौजलेले प्रदान गरेका थिए । तौजलले काभ्रे जिल्ला योगमय भएको बताए । स्वस्थ हुनका लागी प्रत्येक नागरिकलाई योग आवश्यक रहेको तौजलेले बताए । कार्यक्रममा पतंजली योग समिति बागमति प्रदेश सल्लाहकार सरिता शाक्य, प्रदेश सदस्य दमनकुमार श्रेष्ठ, जिल्ला अध्यक्ष प्रकाश कायस्थ, महिला पतंजली योग समिति अध्यक्ष ईन्दिरा तौजले, युवा अध्यक्ष रमेश श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम धुलिखेल नगर समितिका महासचिब पुञ्जलाल श्रेष्ठले सञ्चालन गरेका थिए ।






